थप ६३४ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४९ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ७ सय ५७ जनाको पीसीआर र २ हजार १ सय ९२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ४ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय २१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*