पौडी खेल्ने क्रममा राप्ती खोलाले बगाउँदा हेटौंडाको एक बालकको मृत्यु

हेटौंडा । हेटौंडा-१ चौकीटोल स्थित राप्ती खोलामा पौडी खेल्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो आफ्नै दिदिसंग पौडी खेल्न गएका हेटौंडा-५ लट्टीनाथका १५ वर्षीय बालक समर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै दिदीसँग खोलामा पौडी खेल्ने क्रममा लामालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

खोलाले बगाएको बालकलाई घटनास्थल भन्दा करिब ७ सय मिटर तल अचेत अवस्थामा फेला पारेको र उपचारको क्रममा हेटौंडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*