हेटौंडामा मापसे गरी सवारी चलाउनेको संख्या बढ्दो

हेटौंडा । मकवानपुर जिल्लामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेका संख्या बढ्दो देखिएको छ । जसका कारण सवारीसाधान दुर्घटना पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्राफिका अनुसार गतवर्ष साउन महिनामा ३ जनाले मापसे गरेर सवारी चलाएकाबापत् जरिवाना गरिएको थियो । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा ५९ जना ट्राफिकले गरेको मापसे परीक्षणको छड्केमा परेका थिए । उनीहरुलाई ट्राफिकले जरिवाना समेत गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले मापसे परीक्षण गर्ने मेसिन उपलब्ध गराएसँगै मापसे परीक्षणलाई तीब्रता दिइएको छ ।

गत आवमा ट्राफिका अनुसार कुल २ सय ३४ जनाले मादक पदार्थ सेवन गरेर सवारी चलाइएको पाइएपछि नगद दुईलाख ४० हजार ५०० रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*