हेटौंडाबाट ३६ हजार बढीले लिए सवारी चालक अनुमतिपत्र

हेटौंडा । यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले ३६ हजारभन्दा बढी संख्यामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ । यातायात कार्यालयले २०७६ देखि हालसम्म ३६ हजार ३ सय २५ जनालाई लाइसेन्स वितरण गरेको हो ।

कार्यालयले हेबी ३ हजार ३ सय ८६, साना २ हजार ४ सय ६४, अटो रिक्सा ५ हजार २ सय ४७, ट्याक्टर ४ सय ६०, बाइकरस्कुटर ४५ हजार ८ सय २७ गरी जम्मा ५७ हजार ३ सय ८४ सवारी साधन दर्ता र नवीकरण गरेको छ । कार्यालयले यस अवधिमा १ अर्ब ९४ करोड ४ लाख ६६ हजार ४ सय ६९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाबाट साढे ३ महिनाको अवधिमा झण्डै १२ हजार मानिसले सवारी चालक अनुमतिपत्र लिएका छन् । गत जेठ १ गतेदेखि भदौ १३ गतेसम्म ११ हजार ८ सय ९५ जनाले सवारी चालक अनुमतिपत्र लिएको यातायात कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिनुभयो ।

कार्यालयबाट मोटरसाइकलको ७ हजार ३ सय ८१, काररजिपको १ हजार ४ सय ९, अटो रिक्साको १ सय ९, ट्याक्टरको ७५, एक्साभेटरको एक सय ५४, लोडरको ६७ र स्कुटरको २ हजार ७ सय जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरिएको उहाँले बताउनुभयो । यस अवधिमा ३ हजार ७ सय २४ जनाले सवारी चालक अनुमतिपत्रमा वर्ग थप गरेका छन् । जसमा मोटरसाइकलको ६ सय ९०, काररजिपको ४ सय २, अटो रिक्साको १ सय, ट्याक्टरको २५, मिनि बस ६५, ट्रकरबस ३ सय ५८, एक्साभेटरको २५, लोडरको १९ र स्कुटरको ४० जनाले थप गरेको अर्यालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*