मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवासचोकमा हिजो साँझ भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुन पश्चिमबाट पूर्व आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्करमा ठोक्किएको थियो ।

हिजो साँझ ५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका ४१६८ नम्बरको मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा पछाडि सवार उनका ६ वर्षीय छोरा निशान भट्टराईको उपचारका क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका ३२४६ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*