निरन्तर वर्षाका कारण बागलुङमा पहिरोले घर पुरियो

बागलुङ । गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ ।
दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका-११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिए।

पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन्। अहिले उनीहरू आफन्तकोमा आश्रय लिएको अध्यक्ष श्रीसले बताए। पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*