नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधनहरू सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*