मकवानपुर प्रहरीद्वारा ३०५ किलो लागुऔषध गाँजा बरामद

हेटौंडा –  मकवानपुर प्रहरीले ३ सय ५ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

शुक्रबार बिहान २ बजेर ४० मिनेटको समयमा बुद्धचोकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरीकोे कमाण्डमा खटिएको पिकेट डिउटीले थानाभर्याङबाट बुद्धचोकतर्फ आउँदै गरेको ना ८ ख १७३८ नम्बरको टिपरलाई शंका लागी रोकी सुरक्षाजाँच गर्दा लागुऔषध गाँजा फेला पारी बरामद गरेको जनाइएको छ ।

प्रहरीले टिपरमा सुरक्षाजाँच गर्ने क्रममा टिपरको पछाडी रातो त्रिपालले छोपेको अवस्थामा खोली हेर्दा लागुऔषध गाँजा रहेको १२ वटा बोरा र एउटा प्लाष्टिकको सानो पोका फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागुऔषधसहित टिपरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । टिपर चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*