७४ किलो गाँजासहित हेटौंडाबाट २ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा तरकारी बोक्ने पिकअप गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० राप्तीपुल नजिकबाट चितवनबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०१ – ०२५ च १९४२ नंबरको तरकारी बोक्ने गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषधसहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा गाडी चालक नुवाकोट बिदुर-१३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ,गाडीमा सवार पर्सा ठोरी(३ बर्मानगर बस्ने ३४ वर्षीया चन्द्र कुमारी श्रेष्ठ रहेको प्रवक्ता कार्कीले बताए ।

प्रहरीले उनिहरुको साथबाट नगद ३१ हजार ७ सय रुपैयाँ फेला पारेको जनाएको छ । विशेष सूचनाको आधारमा पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*