नेपाल र केन्याबिच दोस्रो एक दिवसीय खेल आज

काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदैछ ।

नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ल र केन्याबीचको खेल सवा १२ बजे सुरु हुनेछ ।

केन्या भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृंखलामा १-० को अग्रता बनाइसकेको छ ।

आजको खेल जित्दै शृंखला जित्ने योजनामा नेपाल रहेको छ ।

नियमित कप्तान सन्दीप लामिछाने सीपीएल खेल्न वेष्ट इन्डिज जाँदा रोहित पौडेलले नेपालको कप्तानी गरेका थिए ।

नेपालले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको थियो ।

युवा खेलाडीलाई अवसर दिँदै आएको घरेलु टोली केन्याले दोस्रो खेलमा पनि नयाँ खेलाडीलाई अवसर दिने सम्भावना छ ।

नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय खेल सोमबार खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*