चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको केपी ओली र प्रचण्डसँग भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

एमाले अध्यक्षसमेत रहकेका ओली र माओवादी अध्यक्ष प्रचण्डलाई चान्सुले नयाँबानेश्वरस्थित संसद भवनमा छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

चार दिने भ्रमणका लागि सोमबार नेपाल आएका चान्सुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई सोही दिने भेटेका थिए । मंगलबार बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेपछि प्रधानमन्त्रीद्वयलाई भेटेका हुन् ।

सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका चान्सुको टोलीले आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*