कञ्चनपुरमा ३०० घर डुबानमा

धनगढी । शुक्रबार रातिदेखिको अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् ।

भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका-११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जानकारी दिए ।

उनकाअनुसार मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका-४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका-५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।

दोदा नदीको बाढीले लालझाडी गाउँपालिका-३ मा १०० घर डुबानमा परेको प्रहरीको भनाई छ ।

बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*