अनशनरत डा. केसीद्वारा काठमाडौं जान अस्वीकार , सेनाको स्काइ ट्रक फर्कियो

धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन् ।

उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक उनले काठमाडौं नजाने अडान लिएपछि धनगढीबाट फर्केको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेको थियो ।

आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*