बैंकको व्याजदर वृद्धि भएपछि हेटौंडामा व्यवसायीहरुको विरोध

हेटौंडा । बैंकको व्याजदर वृद्धि भएपछि व्यवसायीहरुले आज शुक्रबार हेटौंडामा विरोध प्रदर्शन गरेका छन् । आर्थिक संकटको समयमा बैंकले व्याजदर वृद्धि गर्दा व्यवसायीहरु धरासायीमा परेको भन्दै व्यापारीहरुले विरोध जनाएका हुन् ।

व्यवसायीहरुले हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । पल्पसा हलबाट र्याली सुरु गरी हेटौंडा बजार क्षेत्रको परिक्रमा गरेर उद्योगी व्यवसायीको समूह जिल्ला प्रशासन कार्यालय मकवानपुरको कार्यालय पुगेका थिए । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् संघीय सरकारका अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापन पत्र बुझाउनु भएको हो । संकटको समयमा राज्यले बेवास्ता गर्दा भएका उद्योग व्यवसायहरु धरासायीमा परेको ज्ञापन पत्रमा उल्लेख छ । व्यवसायीहरुको पक्षमा राज्यले सहजीकरण गरी व्यवसाय संचालनको लागि सहज वातावरण तयार गर्नु पर्ने व्यवसायीहरुको माग रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*