हेटौंडाको कर्रा खोलामा डुबेर ३ बालकको मृत्यु

हेटौंडा । हेटौंडा–५ न्युरेनीस्थित कर्रा खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलामा डुबेर ३ बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमिक्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा खोलामा डुबेका हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा ४ जना खोलामा डुबेकोमा एक जना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*