अर्जेन्टिनाद्वारा जमैका पराजित , मेसीले गरे दुई गोल
काठमाडौं – मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा १-० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल गरेको थियो । अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए ।