उत्कृष्ट बिक्रेता दाहालले पाए स्कुटर

हेटौंडा । हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको फेसन पेन्ट्स प्रालिले उत्कृष्ट बिक्रेताको रुपमा पुरस्कृत गर्दै स्कुटी उपहार प्रदान गरेको छ ।

उद्योगले मकवानपुर जिल्लामा रहेका अधिकृत बिक्रेताहरुमध्ये उत्कृष्ट विक्रेता छनौट गर्दै कान्ति राजपथमा रहेको दाहाल हार्डवेयरका सञ्चालक केदार दाहाललाई उपहार स्वरुप १ थान स्कूटी प्रदान गरेको हो ।

कम्पनीको डिलर मिट तथा वडा दशै तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा दाहाललाई स्कुटीको सांचो उद्योग प्रमुख अरबिन्द कुमार सिंहले हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*