शेयर बजारमा १६ अंकको वृद्धि

काठमाडौं । दशैँ अघिको अन्तिम कारोबार हरियो रहेर थामियो ।

बिहीबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रहेको हो ।

कारोबार पनि हिजोको तुलनामा सामान्य सुधारियो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर १८ सय ५३ कायम भएर थामियो । यस दिन जीवन बीमा समूह सामान्य अंकले राता रहेबाहेक अरु सबै समूह हरियो रहे ।

लघुवित्त समूह सबैभन्दा उच्च ६८ अंकले उकालो लाग्दा उत्पादनमूलक समूह पनि ५७ अंकले उक्लियो । वाणिज्य बैंक लगायत बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सकारात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको १७ लाख ५१ हजार कित्ता शेयर ६३ करोड २४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ३४ कम्पनीको मूल्य बढ्दा ४७ को घटेको पनि नेप्सेले जनाएको छ । यस दिन पनि अभियान लघुवित्तको शेयर सकारात्मक सर्किट लेबलमा कारोबारभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*