जुम्लामा पहिरो – ७ जनाको ज्यान गयो

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर सात जनाको ज्यान गएको छ ।

गणेशबहादुर शाही, उहाँका छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरूका छोराहरू अनमोल र मिलनको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अरू दुई जनाको परिचय खुलेको छैन ।

यस्तै पहिरोम पुरिएर दुई जना गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई अस्पताल पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

जुम्लामा अहिले पानी परिरहेकाले तत्कालै हेलिकप्टरबाट घाइतेलाई अस्पताल लैजान समस्या भएको प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*