मकवानपुर क्षेत्र नंबर २ का उम्मेद्वार बर्तौलाले मानवसेवा आश्रम पुगेर खाना खुवाए

हेटौँडा । नेकपा एमालेको तर्फबाट मकवानपुरको क्षेत्र नंबर २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दर्ता गरेका महेशकुमार बर्तौलाले मानवसेवा आश्रम हेटौँडामा पुगेर त्यहाँ रहेका अश्रितहरुलाई खाना खुवाएका छन् ।

हेटौँडा–९ मा रहेको आश्रमको केन्द्रीय कार्यालय पुगेर बर्तौलाले आश्रितहरुबाट टिका तथा आशिर्वाद समेत ग्रहण गरे । आश्रममा रहेका समस्यालाई समाधान गर्न पहल गर्ने र आश्रमको उदेश्य बमोजिम २०८२ सालभित्र देशभर सडक मानवमुक्त बनाउने मानवसेवाको उदेश्यमा सहयोग गर्ने बर्तौलाले प्रतिवद्धता ब्यक्त गरे ।
मकवानपुरमा मानसिक रोगिको लागि सुविधासम्पन्न अस्पताल आवश्यक रहेको भन्दै बर्तौलाले यसबारे आफुले पहल गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*