हेटौंडाका २ जना लागूऔषध विनरेक्ससहित पक्राउ

हेटौंडा । हेटौंडा उपमहाजगरपालिका वडा नम्बर १५ रातोमाटे बिक्रम चोकबाट लागूऔषध विनरेक्ससहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार राति साढे ९ बजेको समयमा हेटौंडा–११ थानाभर्याङका ३२ वर्षीय बुद्व गोङ्बा र सोहि स्थानका २६ वर्षीय ईन्द्र बहादुर अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भित्रि सडक खण्डमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पशुपतनिगरबाट टोलिले खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौंडा कमानेतर्फ जाँदै गरेको ना २६ प ५८४३ नम्बरको मोटर साइकललाई रोकि सुरक्षा जाँच गर्दा ट्याङकिमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको लागूऔषध विनरेक्स फेला पारेको हो ।

प्रहरीले विनरेक्स २८ बोतल (प्रतिबोतल एक सय मिलि लिटर) फेला पारि मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*