मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध कोडिबेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका ४ का ३२ वर्षीय अनिल श्रेष्ठ र २५ वर्षीय अरमान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बिरगंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प ३४९ नम्बरको मोटरसाईकललाई रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा मोटरसाईकलमा लुकाई छिपाई ल्याएको लागूऔषध कोडिवेल १२ बोतल फेला परेको हो । प्रहरीले अन्सारी र श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*