यो वर्षको मनसुन बाहिरिने चरणमा

काठमाडौं । यो वर्षको मनसुन दुई साता लम्बिएर बाहिरिने चरणमा पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको छ । अब औपचारिक रुपमा मनसुन बाहिरिएको घोषणा गर्ने तयारी गरिरहेको महाशाखाले जनाएको छ ।

अहिले कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा चट्याङसहित सामान्य पानी सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*