मकवानपुरको बागमती गाउँपालिकामा कंकाल फेला

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा कंकाल फेला परेको छ । शनिबार बिहान ८ बजेको समयमा बागमती गाउँपालिका वडा नम्बर १ मा कंकाल फेला परेको हो ।

बागमती खोलाको किनारमा खोलाले बगाई ल्याएको जस्तो देखीने सनाखत नभएको पहिचान हुन नसक्ने सडि गलेको कंकाल रहेको फेला परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपश्चात् घटनास्थलमा प्रहरी खटिएको थियो । दिउँसो ३ बजेको समय प्रहरी घटनास्थलमा पुगेर मुचुल्कापश्चात् शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*