सँगै बसेका हौं तर बलात्कार गरेको हैन – सन्दीप लामिछाने

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले बयानको क्रममा सँगै बसेको बताएका छन् ।

उनले साबिती बयान दिने क्रममा भनेको कुरा एक प्रहरी अधिकृतले उदृत गर्दै भन्नुभयो, आरोपी सन्दीपले होटलमा सँगै बसेको स्वीकारेका छन्, तर बलात्कार गरेको आरोप झुटो बताएका छन्।’

सन्दीपले आफु निर्दोष रहेको बयानको क्रममा बताएका छन् । सन्दीपले बयानमा भने, ‘म माथि आरोप लगाउनेसँग होटलमा गएको सत्य कुरा हो, साथै सँगै बसेको पनि सत्य कुरा हो । तर बलात्कार गरेको भन्ने आरोप झुटो हो। म आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको थिएँ ‘ सन्दीपविरुद्ध प्रहरीले गहन रुपमा अनुसन्धान गरिरहेको छ।

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान तीव्र रुपमा अगाडि बढाएको छ । गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको ती प्रहरी अधिकृतले बताउनुभयो ।

उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौं हो।

भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरील भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद गरेपछि उजुरी दर्ता गरेको थियो ।

ती प्रहरी अधिकारीका अनुसार अनुसन्धानको क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको खुलेको छ ।

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*