मकवानपुरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

हेटौंडा । मकवानपुर जिल्लाका दश वटै स्थानीय तहका ३५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज र भोली गरी यस जिल्लामा ३५ हजार ३२० जना बालबालिकालाई भिटामिन ‘ए’ र ३१ हजार ५३८ जना बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । यो अभियान आज र भोली मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित दश वटै स्थानीय तहमा जारी रहने छ ।

मकवानपुरको हेटौडा उपहानगरपालिकामा भिटामिन ए कार्यक्रम अन्तर्गत ९२ जना महिला स्वास्थ्य स्वयं सेवीका र ९२ जना स्वास्थ्य आमा समूहका सदस्यको सहयोगमा भिटामिन ए र जुकाको औषाधि खुवाइने भएको छ । कार्यक्रमको दुवै दिनका लागि ९२ वटा केन्द्र तोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरमा ६ महिनादेखि ५ वर्षसम्मका करिब १४ हजार बालबालिकाले सेवा लिने अनुमान गरिएको बताइएको छ । उपमहानगरपालिकामा प्रत्यक वडाबाट १ जना र पालिकाबाट १० जना सुपरिवेक्षक अनुगमनको लागि खटाइने छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ । आज छुटेका बालबालिकालाई भोलि खुवाइने छ । स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*