मकवानपुरको चौघडा प्रहरी चौकी देशकै सर्वोकृष्ट

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत प्रहरी चौकी चौघडा देशकै सर्वोत्कृष्ट प्रहरी चौकी घोषित भएको छ । सोमबार भएको ६७ औँ प्रहरी दिवसमा नेपाल प्रहरीको कार्य दक्षता मुल्याङ्कनको आधारमा प्रहरी चौकी चौघडा देशकै सर्वोकृष्ट प्रहरी चौकी घोषित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी चौकी चौघडा अनुगमन तथा मुल्याङ्कनको आधारमा देशकै सर्वोत्कृष्ट प्रहरी चौकी घोषित भएको हो । प्रहरी चौकी चौघडा प्रमुख प्रहरी नायव निरिक्षक रामशरण दुलाललाई नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रशंसा पत्रबाट सम्मानित गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*