संचालनमा आयो होटल स्मारक

हेटौंडा । हेटौंडा–११ स्थित शहीद स्मारकनजिक करिब ३३ करोड लगानीमा निर्माण भएको सुबिधासम्पन्न होटल सञ्चालनमा आएको छ ।

वागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मनोरम पर्यटकीय क्षेत्र शहीद स्मारकनजिक खुलेको होटलको वागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले बुधबार उद्घाटन गरेका हुन् । होटल सञ्चालक अध्यक्ष बालकृष्ण बजगाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मुख्य सचिव निरौलाको प्रमुख आतिथ्यता थियो । निरौलाले प्रदेशको राजधानी भएपछि हेटौंडामा बास बस्न होटल नपाउने समस्या रहेको अवस्थामा उक्त होटलले केही राहत दिने विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा मध्यपृतनापति रथी होमनाथ दवाडी, मध्यपृतनापति सहायक रथी कृष्णप्रसाद सापकोटा, प्रदेशका प्रहरी महानिरीक्षक किरण बज्राचार्य, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख बामदेव गौतम, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ अध्यक्ष जुना दाहाल, १ नम्बर वडा अध्यक्ष सबिन न्यौपाने, ९ नम्बर वडा अध्यक्ष सुकराम केसी, बिभिन्न राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

देशविदेशमा चर्चा बटुल्दै गरेको शहीद स्मारकमा आएका पर्यटक र होहल्ला÷कोलाहलमुक्त प्राकृतिक सुन्दरतामा रमाउनेका लागि होटल सञ्चालन गरिएको होटल अध्यक्ष बजगाईंले बताए । १२ कठ्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटलमा ३ हजार ५ सय रुपिया“देखि १८ हजार रुपिया“सम्मका कोठा उपलब्ध रहेको उनले बताए । ३ सय जना क्षमताको बेन्क्युट हल, १ सय ५० जना क्षमताको कन्फ्रेन्स हलसहित सुबिधा उपलब्ध गरिएको छ ।

होटलमा साताको ७ दिन नै सञ्चालन हुने गरी स्विमिङ पुल र यथेष्ट पार्किङ व्यवस्था छ । होटलको भिडमा फरकपन दिने उद्धेश्यले बाहिरबाट आधुनिक डिजाइनमा संरचना तयार गरिएका छन् । होटलभित्र मौलिकता झल्कने गरी काठका डिजाइन समावेश गरिएका छन् ।

पर्यटकीय क्षेत्रमा सञ्चालनमा आएको होटल मकवानपुरलगायत देशभरबाट आएका पर्यटकलगायतलाई स्वागत गर्न आतुर रहेको सञ्चालक बजगाईंले बताए । रेष्टुरा“को सुबिधा प्रदान गर्दै सुपथ मूल्यमा खानाका परिकार उपलब्ध गराउन होटल सदैंव तत्पर रहेको उनले बताए । होटलमा ४ युवाको लगानी छ । होटल सञ्चालकमा बजगार्इं, बसन्त नेपाल, रोशन बर्तौला र गोपाल श्रेष्ठ छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*