हेटौंडा बजारमा तिहारको चहलपहल सुरु

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाका व्यापारीहरुले बजारमा तिहारका सामग्रीहरु बिक्री गर्न सुरु गरेका छन् । हिन्दु धर्मावलम्बीको प्रमुख चार्ड मध्यको तिहार नजिकिएसँगै हेटौंडा बजारमा तिहारको चहलपहल सुरु भएको छ ।

बजारमा सर्वसाधारणको चहलपहल बढ्न सुरुभएपछि तिहारको सामग्रीहरु बिक्रीका लागि राखिएको व्यापारी राजेश कुमार बनियाँले जानकारी दिनुभयो । व्यापारीहरुले तिहारमा आवश्यक भाइमसला, प्लाष्टिकका फूल तथा माला, दियो, झिलिमिलि बत्ती, लक्ष्मी भगवानको फोटो, भाइटिका, मैन बत्ती लगायतका सामाग्रीहरु बिक्री गर्न सुरु गरेका छन् । व्यापारीले हेटौंडाको बुद्धचोक, सिमाचोक, राप्तिरोड, बसपार्क लगायतका ठाउँमा सामग्रीहरु बिक्रीका लागि राखेका छन् । भाइटीका आउन अझै केही दिन बाँकी रहेकाले मिठाइका सामग्रीहरु भने बिक्रीका लागि राखिएको छैन ।

व्यापारी राजेश कुमार बनियाँ भन्नुहुन्छ— “उपभोक्ताहरु तिहारका लागि किनमेल गर्न आउन सुरु भएको छ । भोलि शनिबार धन्तेरसदेखि विशेष रुपमा ग्राहकहरुको चहलपहल बढ्ने गर्दछ ।” हरेक वर्ष सामग्रीहरुको मूल्य बढेर आएको उहाँले बताउनभयो । जसमा गत वर्षभन्दा यसवर्ष दैनिक उपभोग्य वस्तुदेखि तिहारका सामग्रीको मूल्य अझ बढी बढेको उहाँको भनाइ छ । करिब ५० रुपैयाँसम्म सामग्रीहरुको मूल्य बढेको उहाँको भनाई छ । प्लाष्टिकका फूलको मालाको मूल्य एक सय ५० रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म रहेको उहाँले जानकारी दिनुभयो । बजारमा मखमली तथा सयपत्री फूलको अभावसँगै प्याष्टिकको फूलको मालाको प्रयोग बढ्दै गएको भन्दै उहाँले माग पनि धेरै रहेको बताउनुभयो । किसानहरुले फूलको खेती कम गरेपछि भारतदेखि प्लाष्टिकका माला ल्याउनु परेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*