हेटौंडाको चुरेहिल अस्पतालमा १६ जनाले डायलासिस सेवा लिँदै

हेटौंडा । हेटौंडाको चुरेहिल अस्पतालमा १६ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा लिइरहेका छन् । ४ वटा मात्र डायलासिस मेसिन रहेको चुरेहिल अस्पतालमा नियमित रुपमा १६ जना मिर्गौलाका बिरामीहरुले डायलासिस सेवा लिइरहेको अस्पतालकी स्टाफ नर्स रिना सिलवालले बताउनुभयो ।

३ जना महिला र १३ जना पुरुष मिर्गौल बिरामीले अस्पतालमा नियमित रुपमा डायलासिस सेवा लिइरहेको उहाँले बताउनुभयो । सबै बिरामी हेटौंडा उपमहानगरपालिकाका रहेको जानकारी दिनुहुँदै उहाँले अहिले सबैको अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ । एकजना बिरामीलाई हप्ताको २ पटक डायलासिस गराइन्छ । एकजना बिरामीलाई एकपटकमा ४ घण्टा डायलासिस गराइने उहाँले बताउनुभयो । डायलासिस भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*