फापरबारीमा भएकोे रक्तदान कार्यक्रममा १८ जनाले गरे रक्तदान

हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजना तथा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

बागमती–८, फापरबारीस्थित भएकोे रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका कार्यालय प्रमुख लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । यस्तै डेंगु विरुद्धको सचेतना कार्यक्रम पनि गरिएको छ । यसअघि रेडक्रसले हेटौंडा उपमहानगरपालिका विभिन्न वडाहरुमा डेंगु नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम र रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उपमहानगरपालिकाबाहिर रेडक्रसले पहिलो पटक बागमतीमा डेंगु रोगविरुद्ध सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा रेडक्रस सोसाइटी फापरबारी उपशाखाका सभापति तथा बागमती–८ का वडाध्यक्ष केशव तिमल्सिना लगायत रेडक्रस सोसाइटी जिल्ला शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*