मकवानपुरमा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन।

घटनामा परि बागमती-८ का रामबहादुर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति बागमती-५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा परि अटो चालक बागमती-८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् ।

घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*