मकवानपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा व्यवस्था

हेटौंडा –  नजिकिँदै गरेको नेपालीहरुको महान चाड शुभ दीपावली तथा छठ पर्वको समयमा प्रहरीले सुरक्षा व्यवस्था मिलाउने भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमको अध्यक्षतामा आन्तरिक छलफल गरी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको हो ।

उपरीक्षक गौतमले कार्यालय तथा मातहतका नगर, इलाका र राजमार्गका युनिट इन्चार्जहरुबाट भए गरेका प्रगति विवरणको जानकारी लिनुभयो । गौतमले चाडपर्व अवधिभर सादा पोशाकमा प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो ।

राजमार्गमा चल्ने रात्रिकालीन बसहरुमा ३ जनाको दरले हतियारसहित प्रहरी व्यवस्थापन गर्न प्रहरी उपरीक्षक गौतमले निर्देशन दिनुभयो । शान्ति सुरक्षा कायम राख्न पैदल, साइकल, मोटरसाइकल र मोबाइल गस्तीद्वारा विभिन्न तरिकाले प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाउनसमेत उहाँले निर्देशन दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*