मकवानपुरमा ९ बजे पछि देउसी भैलो खेल्न रोक

हेटौँडा । मकवानपुरमा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाईने भएको छ । नेपालीहरुको दोश्रो ठुलो चाडको रुपमा रहेको तिहारमा महत्वपूर्ण मानिने गरिएको देउसी भैलोलाई प्रशासनले चुनावको समय भएको भन्दै राती ९ बजेपछि खेल्नको लागि रोक लगाएको हो ।

मकवानपुर जिल्लामा राती आठ बजेपछी देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दश वटै स्थानीय तहमा राति ९ बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको छ । निर्वाचनको समयमा हुने गतिविधिको कारण देउसीभैलोको गतिविधिलाई राती ८ बजेपछि रोक लगाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताए । दिउँस हुने देउसी भौलोलाई भने कुनै रोक नलगाईएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*