हेटौँडा अस्पतालमा पहिलो पटक टाउकोको सफल शल्यक्रिया

हेटौँडा । मकवानपुरको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौँडा अस्पतालमा पहिलो पटक जटिल किसिमको टाउकको शल्यक्रिया भएको छ । टाउकोको दाहिने भागमा रगत जमेको जमेको र बेहोस अबस्थाका बिरामी हेटौँडा १५ का ५० वर्षीय पूर्णबहादुर थिङको अप्रेसन सफल भएको हो ।

हेटौँडा अस्पतालका न्युरो सर्जन डाक्टर विक्रमादित्यप्रसाद साह, एनेस्थेटिस्ट डाक्टर इश्वर सिलवाल, स्टाफ नर्स श्रीषा ढकाल सहितको टिमले थिङको शल्यक्रियालाई सफल बनाएको हो । श्रोतको अभावबिच पनि डाक्टर साहको टोलीले थिङको सफल उपचार संभव तुल्याएको हो ।
गोल्ड मेडलिस्ट समेत रहेका डाक्टर साहको विशेष पहलमा हेटौँडा अस्पतालमा पहिलो पटक जटिल शल्यक्रिया सफल बनेको हो । थिङको शल्यक्रिया अनुभवबारे डाक्टर साह भन्छन् ‘उहाँ बेहोसी अवस्थामा हेटौँडा अस्पताल आउनुभएको थियो, टाउकोमा रगत जमेको कारण हामीले यहाँ उपचार संवभ नहुने ठानेर अन्य स्थानमा उपचारको लागि भनेको थियौँ, उहाँहरुले अन्यत्र पनि प्रयास गर्नुभएको रहेछ, तर निकै कमजोर आर्थिक अवस्थाको कारण उपचार गर्न नसकेपछि उहाँहरुले बिरामीलाई पुनः घरमानै लैजाने सोच गर्नुभएको रहेछ ।’

डाक्टर साहको अनुसार ‘हेटौँडा अस्पतालमा अप्रेसनको लागि आवश्यक सामग्रीको अभाव र प्राईभेट तथा काठमाण्डौँका सरकारी अस्पतालमा समेत लग्न नसक्ने अवस्थाबिच आफुहरुले हेर्टौँडा अस्पतालको टिमसँग छलफल गरेर आवश्यक उपकरण ल्याउने काम गर्न सफल बन्यौ, मैले पनि आफुसँग भएका सामग्रीहरुको प्रयोग गर्ने र विरामीलाई पुनः हेटौँडा अस्पताल बोलाएर अप्रेसन गर्ने सोच बनाए । फलस्वरुप हामी सबैको प्रयासमा उहाँको अप्रेसन गर्न सफल बनेका छौँ । ’

टाउकोको शल्यक्रिया निकै जटिल विषय रहेको कारण हामीले निकै मेहनत गरेर काम गर्दा एकजना निकै कमजोर आर्थिक अवस्था भएको बिरामीको ज्यान जोगिएको उनको भनाई छ । हाल विरामीको अवस्था नर्मल रहेको भन्दै उनले आज भोलीमा डिस्चार्जको तयारी गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*