हेटौंडाको रापतीतटमा छठपर्वका लागि भव्य तयारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ रापतीपुल माथी छठपर्वका लागि भव्य तयारी भइरहेको छ । तराइ मुलका नागरिक र  पहाडी मुलका नागरिकले मिलेर यो पर्व मनाउने तयारी थालेका हुन् । वषौदेखि यो पर्वका लागि सबैले मिलेर मनाउँदै आएका छन् । हेटौंडाको खुल्ला बगरमा अहिले निकै झकिझकाउ बनाइएको छ । रापतीरोड देखिनै झिलिमिली वत्ति, रापती पुल नजिक मुल गेट, सहायक गेट समेत बनाएर भव्य तयारी गरिएको हो ।

छठ औपचारिक रुपमा हिजो देखि सुरु भएको छ । पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाईंएको छ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि हेटौंडा लगायत तराई मधेसको विभिन्न स्थानहरुमा अन्तिम तयारी पुरा भएको छ ।

रापती खोलालाई सिंगारेर पूजाको तयारी पुरा गरिएको छ । छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लवहरुले टेन्ट र पण्डाल लगाएका छन् । रापती खोलालाई स्थानीय युवा क्लबहरूले सजाएका छन् । दिपावली र भातृद्वितिया पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकताले छोएको छ । जसरी दिपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ ।

कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरि यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउँछन् । जसले गर्दा समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन सहायक सिद्ध हुने गर्दछ ।जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*