घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको ज्यान गयो

काठमाण्डौ । काठमाण्डौमा घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको ज्यान गएको छ ।

बागबजारमा रहेको नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उहाँकी दुई वर्षीया छोरी रियासाको बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*