सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ लाई नवनिर्मित भवन हस्तान्तरण

हेटौंडा । सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ लाई नवनिर्मित भवन आज सोमबार हस्तान्तरण गरिएको छ । सेवा क्यानाडा इन्टरनेसनलको आर्थिक सहयोग तथा सेवाका लागि युवा पोखरा कास्कीको समन्वयमा निर्मित भवन सोमबार हस्तान्तरण गरिएको हो ।

भवन हस्तान्तरण पत्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र देव पाण्डेले हस्ताक्षर गर्नुभयो । २० वेड र २२ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेन्सर २ थान लगायत स्वास्थ्य सामग्रीसहितको भवन निर्माण भएको हो । भवन निर्माणका लागि स्वास्थ्य सामग्रीसहित कुल ४७ लाख २३ हजार रुपैयाँ खर्च भएको सेवाका लागि युवा पोखराका संयोजक छेवाङ कर्मा लामाले बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टको सभाध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतम, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य बिरेन्द्र लामा, सेवाका लागि युवा कास्कीका अध्यक्ष छेवा कर्मा तामाङ र सेवाका लागि युवा मकवानपुरका संयोजक विवश सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*