भैरवडाँडामा देखा परेको बाघको खोजी कार्य हुँदै

हेटौंडा । हेटौंडा–१, भैरवडाँडा क्षेत्रमा आइतबार देखा परेको बाघको खोजी कार्य थालिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला वन कार्यालयको संयुक्त टोलीले भैरव डाँडा क्षेत्रमा बाघको खोजी सुरु गरेको हो ।

हालसम्म बाघ फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताउनुभयो । जंगल बाक्लो रहेकोले बाघ कहिँकतै गएर बसेको हुन सक्ने उहाँको भनाई छ । आइतबार २ वटा डमरुसहित स्थानीयले बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । भैरव डाँडामा आइतबार २ वटा बाख्रा खाएको बाघ सोमबार पनि त्यस क्षेत्रमा देखिएको स्थानीयले बताएका थिए । प्रहरी प्रवक्ता कार्कीले बाघको खोजी कार्य भइरहेकोले अझै पनि त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*