बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार भारतीय आयल कर्पोरेसन (आइओसीले)ले नेपालका लागि इन्धनको नयाँ मूल्य पठाएको छ। आइओसीले पठाएको नयाँ मुल्यमा पेट्रोल र डिजेलको मूल्य वृद्धि भएर आएको छ । आइओसीले नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा करिब १८ करोड रूपैयाँ नाफा हुने देखिएको छ।

नयाँ सुचीअनुसार पेट्रोलमा प्रतिलिटर ६१ पैसा, डिजेलमा ५ रूपैयाँ ७६ पैसा, मट्टीतेलमा ४ रूपैयाँ ०१ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ ७७ पैसा बढेर आएको निगमले जानकारी गराएको छ । एल.पि. ग्यासको मूल्य घटेर आएता पनि निगमलाई हाल डिजेलमा प्रति लिटर १२ रूपैयाँ १४ पैसा, एल.पि. ग्यासमा प्रति सिलिण्डर २२८ रूपैयाँ ८४ पैसा घाटा रहेको छ ।

रसिया-युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा वृद्धि भइरहेको कारण यसको असर नेपालमा पनि देखिएको हो । यदि अन्तराष्ट्रिय मूल्य नघट्ने र यहि विन्दुमा स्थिर रहने हो भने पेट्रोलियम पदार्थको आपुर्ती तथा विक्री वितरण सहज बनाउनका लागि पेट्रोल, डिजेल र एलपी ग्यासको खुद्र बिक्री मूल्य लागत सरह हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमले आइओसी र नेपाल सरकारलाई कुल २९ अर्ब ११ करोड रूपैयाँ तिर्न बाँकी नै रहेको उक्त सुचनामा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*