सवारी दुर्घटना हुँदा मनहरीमा एक जना घाइते

हेटौंडा । शनिबार साँझ पौने ७ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर ७ बिजौनामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । पुर्व पश्चिम सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ गईरहेको बिआर–०५ पि २०५७ नम्बरको भारतीय एम्बुलेन्सले बिपरित दिशाबाट गईरहेको प्रदेश ३–०२–००९ प ४८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

मोटरसाइकल चालक पर्सा जिल्लाको ठोरी बस्ने अन्दाजी २५ वर्षीयको दिनेश सापकोटा रहेका छन् । घाईतेको दुबै खुट्टामा चोट लागेको र उपचारको लागि भरतपुर अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको छ । उक्त एम्बुलेन्स र चालक प्रहरी चौकी रातोमाटेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*