मकवानपुरको सुनाचुरीमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको सुनाचुरीमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु भएको छ ।

काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मनहरी गाउँपालिका–६ नयाँबस्तीका २९ बर्षीय अबिनास गोलेको मृत्यु भएको हो ।

बस चालक हेटौंडा-१९ नेवारपानीका ५१ वर्षीय मदनकुमार गोले प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शब हेटौंडा अस्पतालमा राखिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*