हेटौंडा १० मा लागूऔषधसहित एकजना पक्राउ

हेटौंडाः हेटौंडा १० भुटनदेबी मोडमा लागूसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । आइतबार प्रहरी टोलीले विशेष सूचनाको आधारमा ना ७ प ९६६३ नम्बरको मोटरसाइकललाई सुरक्षा जााच गर्दा लागूऔषध फेला पारेको थियो ।

प्रहरीले मोटरसाइकल चालक हेटौंडा १३ पदमपोखरी बस्ने २४ वर्षीय महेश गोलेको साथबाट लागूऔषध डाईजेपाम २ एम्पुल, फेनारगन २ एम्पुल, नोर्फिन २ एम्पुल गरी जम्मा–६ एम्पुल फेला पारेको थियो । उक्त लागूऔषधसहित गोलेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*