कात्तिक २ देखि सम्पर्कमा नरहेका ईन्द्रसरोवरका थिङको शव फेला

हेटौंडा । गएको कात्तिक २ गतेदेखि परिवारको सम्पर्कमा नरहेका ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ ।

सोमबार बेलुकी भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा शव फेला पारिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*