हेटौंडा १ लालझाडीमा बाघले बाछो मार्यो

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ लालझाडीमा सोमबार बिहान साढे २ बजेको समयमा बाघले बाछो मारेको छ ।

गाईगोठमा नजिकै रहेको सामुदायिक बनबाट बाघ आएर गोठमा बाँधिराखेको १० महिनाको गाईको बाछोलाई खाईरहेको अबस्थामा घरको मान्छेहरुले देखेका थिए । स्थानीयले होहल्ला गर्दा बाघ सामुदायिक वनको जंगलमा भागेको छ ।

अघिल्लो आइतबार हेटौंडा–१, भैरवडाँडा क्षेत्रमा बाघ देखिएको थियो । भैरवडाँडामा एउटा बाख्रा र एउटा खसीको सिकार गरेको थियो । बाघको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*