तातो तेल छ्याप्दा हेटौँडामा दुईजना घाईते , एक जना पक्राउ

हेटौँडा । सेल पकाईरहेको तातो तेल अनुहारमा प्रहार गर्दा हेटौँडामा दुईजना घाईते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नंबर १३ बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा आगो तापिरहेको समयमा सेल पकाईरहेको तातो तेल अनुहारमा छ्याप्दा दुईजना स्थानीय घाईते भएका हुन । घाईते हुनेमा स्थानीय ३४ बर्षीय निर बहादुर भोलन र २७ बर्षीय सागर जिम्बा रहेका छन् ।

आगो तापेर बसिरहेको अवस्थामा हेटौँडा १९ बस्तिपुरका मोहन दोङले उनिहरुमाथि तातो तेल प्रहरा गरेका थिए । आँखा र अनुहारमा तातो तेल परेपछि घाईते भएका दुबैजनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उपचारको लागि हेटौडा अस्पताल ल्याइएको जनाइएको छ।तेल प्रहार गर्ने मोहन दोङ प्रहरीलाई नियन्त्रणमा लिएर जिप्रका मकवानपुरमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*