बकैयामा ट्याक्टर दुर्घटनामा घिसिङको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया-४ छतिवनमा ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा मकवानपुरको बागमती-५ बगेरी बस्ने अन्दाजी २७ वर्षीय सत्यमान घिसिङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घिसिङको घटना स्थलमै मृत्यु भएको थियो ।

गएराती धरान-चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको बागबती प्रदेश ०३-००१ त ३४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरमा सवार ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*