विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाकाे मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाकाे मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायणगोपाल चोकमा ना-८ ख १८४१ नम्बरको ट्रकले बा.प्र ०२-०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कास्की मादी गाउँपालिका-९ बस्ने ४७ वर्षीय बेल बहादुर राना मगर र स्कुटरमा सवार सोही ठाउँ बस्ने ४१ वर्षीया कल्पना राना मगरको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा, पचौरौता नगरपालिका-८ नहरको बाटोमा प्र.२-०३००१ त ४९९१ नम्बरको धान बोकेको ट्याक्टर खेतबाट बाटोमा उकालो चढाउने क्रममा पल्टिएर बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक स्वर्ण गाउँपालिका-३ बकतवा बस्ने २७ वर्षीय जवाहीर सहनीको घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी बारा, महागढीमाई नगरपालिका-२ पत्रहटी चोकमा ईनर्वा चोकबाट कलैयातर्फ जाँदै गरेको प्र.३-०२-०११ प ८३७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्सा धोबिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय बिन्देश्वर सहनीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको   छ।

 हुम्ला, नाम्खा गाउँपालिका-५ बुकिबाल्नास्थित सडकमा सिमकोटबाट यारीतर्फ जाँदै गरेको बा.१८ च १४१७ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय कुङगा तेन्जिन तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।  साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत २ जनाको जिल्ला अस्पताल सिमकोट हुम्लामा उपचार भइरहेको छ।

मकवानपुर, बकैया गाउँपालिका-४ छतिवनस्थित सडकमा हेटौंडाबाट हातिसुडेतर्फ जाँदै गरेको बा.प्र ०३-००१ त ३४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बागमती गाउँपालिका-५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्यु छ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ।

दैलेख, भैरवी गाउँपालिक-५ गिताचौरस्थित सडकमा डोक्रादेखि गिताचौरतर्फ जाँदै गरेको क.प्र.०२००१ त ०३०७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५३ वर्षीय लाल बहादुर शाहीको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

 बाँके, कोहलपुर नगरपालिका-१३ स्थित सडकमा बिग्रिएर रोकी राखेको ना.५ ख ३४५९ नम्बरको ट्रकमा भे.९ प ७१३० नम्बरको मोटरसाइकल ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-५ जि गाउँ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ। दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*