धौलागिरी बेस क्याम्पमा ३९ दिनदेखि २ घोडा अलपत्र ,उद्धार हुन सकेन

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका-४ मुदीमा पर्ने धौलागिरी हिमालको आधार शिविरमा विगत ३९ दिनदेखि २ वटा घोडा अलपत्र परेका हुन ।

धौलागिरी हिमाल आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेको अवस्थामा गत असोज १७ गते हिउँले पुरिएसँगै ४५ वटा घोडा र खच्चड मरेका थिए । ३९ दिनदेखि आधार शिविरमा अलपत्र परेका घोडाको उद्धार अहिलेसम्म हुन सकेको छैन्। भोक(भोकै परेपछि आहाराको खोजीमा आसपासका क्षेत्रमा जाने र मरेका घोडा र खच्चडलाई नै खाने गरेको त्यहाँ पुगेर फर्किनुभएका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

घोडा खान नपाएर र चिसोले गर्दा मर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । घोडालाई ल्याउने प्रयास गरिएपनि हिउँले भरिएकाले समस्या उहाँको भनाइ छ । भोक-भोकै रहेका घोडालाई आरोहणमा गएका आरोही र भरियासँग बाँकी रहेको खानेकुरा दिने गरेपनि त्यो प्रयाप्त नभएको दुई दिनअघि धौलागिरी बेस क्याम्पबाट फर्किनुभएका शेरचनले बताउनुभयो ।

विश्वको सातौं ९८ हजार १ सय ६७० मिटर अग्लो धौलागिरी हिमालमा थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका थिए । दशैंको दिन भीषण हिमपातले अलपत्र परेका भरिया र पर्यटकलाई उद्धार गरिएपनि सामान लिएर गएका घोडा र खच्चड अलपत्र परेपछि आहारको अभावमा केही भोक-भोकै मरेर अहिले २ वटा बाँकी रहेको पर्यटन पद प्रदर्शकको भनाइ छ । अलपत्र अवस्थामा रहेका घोडालाई उद्धार गर्न सम्बन्धित ट्रेकिङ कम्पनीले समेत चासो देखाएको छैन ।

अहिले चुनावको चर्चा र चटारो भएका बेला मृत्युको पखाईमा रहेका घोडाको उद्धारमा भने कसैको चासो देखाएका छैनन् । पशु अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था र अधिकारकर्मीको नजरमा समेत धौलागिरी बेसक्याम्पको हिउँ र मरेका घोडा खच्चडको थुप्रोमा र उद्धारको पखाईमा रहेका जीवित घोडामा नजर पुग्न सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*