तुल्सीमेहर ६ विकेटले विजयी

हेटौंडा – निरज श्रेष्ठ स्मृति जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आइतबार भएको पहिलो खेलमा तुलसीमेहर मेमोरियल स्कूल विजयी भएको छ । तुल्सीमेहरले ज्ञानोदय बालबाटिकालाई ६ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको ज्ञानोदय बालबाटिकाले ७८ रन मात्रै बनाउन सफल भयो । ज्ञानोदयलाई सस्तोमै समेट्ने क्रममा तुल्सीमेहरका बलर सिपाही अन्सारीले ४ र उज्वल यादवले ३ विकेट लिए । जवाफी व्याटिङ गरेको तुल्सीमेहरले ४ विकेटको क्षतिमा ११ ओभरमै ७९ रनको लक्ष्य पूरा गर्यो । तुल्सीमेहरका रितेश सिंहले २९ रन जोडे । म्यान अफ द म्याच सिपाही अन्सारी घोषित भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*